मनाङमाथि पुलिसकाे विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८२ दिन अगाडि
मनाङमाथि पुलिसकाे विजयी

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले हार व्यहोरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार मनाङलाई नेपाल पुलिस क्लबले १-० गोल अन्तरले हराएको हो । पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गरे ।

खेलको सातौं मिनेटमा मुहमदले गोल गरेका थिए । जुन गोल पुलिसको जितमा निर्णायक रह्यो । पुलिसको यो दोस्रो जित हो । पुलिसले १२ खेलमा ९ अंक जोडेको छ ।

मनाङको यो लगातार पाँचौं हार हो । मनाङ १२ खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।