झापामा नेकपा एमालेको केन्द्रीय कमिटी बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८२ दिन अगाडि
झापामा नेकपा एमालेको केन्द्रीय कमिटी बस्ने

काठमाडौँ - झापामा नेकपा (एमाले) को केन्द्रीय कमिटी बस्ने भएको छ।

एमाले पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले वैशाख,२८, २९ र ३० गते झापामा बैठक बस्न लागेको बताएका छन्।

उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। बैठकको एजेन्डा र बैठक बस्ने स्थानबारे तय भइनसकेको अधिकारीले बताए।

महाधिवेशनबाहेक काठमाडौं बाहिर एमालेका बैठकहरू बिरलै बस्छन्।