ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

मोरङ -  विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।