राष्ट्रिय सभा संसदीय सुनुवाइ समितिमा तीन सदस्य मनोनीत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८२ दिन अगाडि
राष्ट्रिय सभा संसदीय सुनुवाइ समितिमा तीन सदस्य मनोनीत

काठमाडाै‌ -राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ। 

राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीनजना राष्ट्रिय सभा सदस्यलाई मनोनयन गरेको हो। समितिमा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी छन्।  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरूलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए। बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो।