काठमाडौंँ- चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने छ।
कला विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए । अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको अध्यक्ष बलामीको भनाइ छ । यसैगरि संघले पुर्व चलचित्र पत्रकारलाई मानर्थ सदस्य समेत बितरण गर्ने भएकाे छ ।
चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुई जना पत्रकारलाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा एक जनालाई एकथान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ गर्दै आएकाे छ । यसैगरि २५ हजार नगदसहित मोफसलबा६ एक जना पत्रकारलाई ‘राष्ट्रिय मोफसल चलचित्पर त्रकारिता पुरस्कार’ पनि संघले प्रदान गर्दै आएको छ ।
बुधबारकाे कार्यक्रममा संघले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, सांस्कृतिक संस्थानका महाप्रवन्धक असोक प्यासी राई, संघका पुर्व अध्यक्ष बिदुर गिरी, शान्ती प्रिय, दिनेश सिटौला, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ,नेपाल ,फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र सेन्सर बोर्डका सदस्य भुपेन्द्र खड्का, ऋषिराज आचार्य, चलचित्र बिकास बोडका सदस्य रबि अधिकारी लगायतको उपस्थितीमा उक्त क्यालेन्डर सार्वजनिक गरिएकाे हाे ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताए । उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने जानकारी दिए । उनले चलचित्र पत्रकारलाई आफुले जहिले पनि सहयोग गर्न तयार रहेको बताए ।