काठमाडाै -यातायात व्यवस्थापन विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरी नेपालमा सवारी उत्पदनमा सहज बनाएको छ।
नेपालमा सवारी उत्पदनलाई सहज बनाउनका लागि निर्देशिका संशोधन गरी विशेष व्यवस्था गरेकाे विभागले जनाएकाे छ। गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि विद्यमान कानुनी समस्या हल गर्न तत्काल ऐन निर्माणको प्रस्ताव र प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका थिए।
संशोधन गरी थप भएका विशेष व्यवस्था
१. यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका प्रयोजन का लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन।
२. नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेस गर्नु पर्नेछ।