इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सिटीको सानदार जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सिटीको सानदार जित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलविरुद्ध सानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई ४-१ गोल अन्तरले हराएको हो । सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । जोन स्टोन्स र अर्लिङ हालाण्डले एक एक गोल गरे । आर्सनलका रोब होल्डीङले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा स्टोन्सले गोल गर्दा सिटी २-० ले अघि रह्यो । खेलको ५४ औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा रोबले गोल गर्दै आर्सनललाई ३-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए । जितसँगै सिटीले ३१ खेलमा ७३ अंक जोडेको छ ।

दोस्रो स्थानको सिटी आर्सनल भन्दा २ अंकले पछि रहेको छ । दुई बढी खेलेको आर्सनल ३३ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।