काठमाडौँ - शिवानी एयरको नाममा नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ दिने सूचना जारी गरेको छ । उक्त एयरले वायुयान चालक प्रशिक्षण संस्था सञ्चालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिइ ह्याङ्गर बनाएको र सो ह्याङ्गरमा तीन थान वायुयानहरु र अन्य सामानहरू रहेकाले हटाउन १५ दिने सूचना जारी भएको हो ।
विमानस्थलको नयाँ टर्मिनल भवन बनाउने क्रममा सो ह्याङ्गर भत्काउनुपर्ने अवस्था भएकाले १५ दिनभित्र सामान उठाएर लैजान अनुरोध गरिएको छ। अन्यथा सामान उठाइ नलगेमा ह्याङ्गर भत्काइ लागेको खर्च सो एयरबाट असुलउपर गरिने सूचनामा स्पष्ट गरिनेछ ।
यस्तै सामानहरू नलगेमा उक्त वायुयान तथा अन्य समानहरू प्राधिकरणको स्वामित्वमा ल्याइ लिलाम विक्रीको कार्य अघि बढाइने सूचनामा उल्लेख छ ।