विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा तीन वटा मुद्दा सर्वोच्चमा पुनरावेदन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा तीन वटा मुद्दा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ -  विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले दायर गरेका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाइ बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । 

जसमा गैरकानूनी सम्पत्ति आर्जन, घुस रिसवत र नपाएको अधिकार प्रयोग  गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । 

अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध यसअघि पनि दर्जनौँ मुद्दाहरु पुनरावेदन गरिसकेको छ।