आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७६ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं - बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

बिहीबार चाँदीको प्रतितोला कारोबार भने बुधबारकै मूल्य १ हजार ४१५ रुपैयाँमा भइरहेको छ ।