नेतृत्वमा आलोपालो हुने मुख्यमन्त्री पाण्डेको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
नेतृत्वमा आलोपालो  हुने मुख्यमन्त्री पाण्डेको भनाइ

पोखरा - अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दैैै उनले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ’ पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भने ।

सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए ।

प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उनले बताए । ‘हाम्रो प्रदेशलाई हामी आफैं कसरी सस्टेन गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं । पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं’ उनले भने, ‘कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यान दिन्छौं ।’