राष्ट्र बैंकद्वारा ९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७७ दिन अगाडि
राष्ट्र बैंकद्वारा ९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिदै

काठमाडौँ - केन्द्रीय बैंकले ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ वर्षे वैदेशिक रोजगार बचतपत्र, २०८५ जारी गर्ने भएको हो । 

इच्छुक नेपाली रोजगारहरुले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । बचतपत्रमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । 

लगानीकर्ताले न्यूनतम् १० हजार रुपैयाँदेखि अधिकतममा १० हजारले भाग गर्दा निःशेष भाग लाग्ने उच्च अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । यस्तो बचतपत्रमा विदेशमा रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको छ महिना पूरा नभएका नेपाली नागरिकले लगानी गर्न सक्छन् । आवेदन जेठ १७ गतेसम्म दिन सकिन्छ भने बचतपत्रको बिक्री जेठ २४ गते हुनेछ ।

बचतपत्रको ब्याज भने ६६ महिना अर्थात् अर्धवार्षिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।