थप १०३ जनामा कोरोना संक्रमण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०९८ दिन अगाडि
थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्‍ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना  र १ जना भेन्टिलेटरमा उपरचाररत छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  ५३ जना  निको भएर घर फर्किइसकेका छन् ।