केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा रविले भेटे प्रधानमन्त्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा रविले भेटे प्रधानमन्त्री

 काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ । प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निर्वाचित भएलगत्तै टेलिफोनबाट बधाई दिनुभएको थियो, आज भेटेरै बधाई दिनुभयो ।

’ रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ । बैठकमा समसामयिक एजेण्डामा छलफल हुने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।