काठमाडौं - काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका जानकारी दिए ।
उनका अनुसार चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।