एएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै एससपी आभूषण तिम्सिनाद्वारा राजीनामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
एएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै एससपी आभूषण तिम्सिनाद्वारा राजीनामा

काठमाडौं - एएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै एससपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आज वैशाख १७ गतेबाट राजीनामा दिएर नेपाल प्रहरीबाट अलगिने निर्णय गरेको बताएका छन् ।सरकारले गत शुक्रबार प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा तिम्सिना परेका थिएनन् ।

एसएसपीमा बढुवाका लागि सिफारिसमा नपरेपछि उनले राजीनामा दिएका हुन् ।

नेपालमा प्रहरीमा रहँदा पटक पटक आफूमाथि अन्याय भएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्‍यो भन्ने कुरा म क्रमश: मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यहि सार्बजनिक मञ्च मार्फत राख्नेछु ।’