सभापति देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
सभापति देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं - सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक जारी रहेको छ ।

कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको छ । वैशाख ३ मा आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन।

उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो। कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।

पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल हुने भएको छ ।