काठमाडाैं- गायक स्वरूपराज आचार्यको स्वरमा 'एउटा प्रश्न' बोलको गीत सार्वजनिक गरिएकाे छ । साहित्यकार डा ऋषि बस्ताकोटीको शब्द तथा राजेश थापाको संगीत रहेको गीतमा संगीत संयोजन निरोज लामाले गरेकाछन् ।
गीतमा ध्वनि मिश्रण किशोर थापाको सुन्न सकिन्छ । गायक आचार्य स्वयंमको अभिनय रहेको म्युजिक भिडियोमा पुजा ठकुरीको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन रहेकाे छ । यस्तै भिडियाेको सम्पादन भने बिनोद बमले गरेकाहुन् ।
गीतकाे म्युजिक भिडियाे सार्वजनिक पछि रचनाकार बस्ताकोटी भन्छन्, "जीवनमा धेरैलाई धेरै प्रश्न गरियो। यसपटक भने एउटा प्रश्न आफैलाई गर्न मन लाग्यो अनि यो गीत जन्मियो। संगीतकार राजेश थापा र गायक स्वरूपराज आचार्यको हात परेपछि यो प्रश्नले अझ मुर्त रुप लियो।"
गीत आम दर्शक स्राेतामाझ पुगेपछिकाे प्राप्त प्रारम्भिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउँदै गीतकार बस्ताकोटीले हेर्ने गीतको जमानामा यो गीत आँखालाई भन्दा पनि कान र मनलाई बढी केन्द्रित गरी बनाइएको प्रष्ट पारेकाछन् । 'द टच क्रिएसन' यू-ट्युब च्यानलमार्फत सार्वजनिक गीत एक पटक सुनेर लागेकाे प्रतिक्रिय दिन पनि रचनाकार बस्ताकोटीकाे आग्रह रहेको छ ।
जीवन दर्शन बोकेकाे सार्वजनिक गीतमा सहकार्य गर्न पाएकोमा गौरव लागेको संगीतकार राजेश थापाको भनाइ छ । बास्ताकाेटीकाे एउटा उत्कृष्ट रचनालाई आफुले सकेको मिहिनेत र न्याय गरेको पनि संगीतकार थापाको भनाई छ ।
यता आफ्ना बिगतका सिर्जना जस्तै यस गीतमा पनि स्रोता / दर्शकको माया पाउनेमा गायक स्वरूप राज आचार्यले आशावादी रहेकाे बताए ।
गीतकाे भिडियाे