आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८३ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौँ - सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले आइतबारको तुलनामा सुनको मूल्य घटेको र चाँदीको स्थिर कायम भएको जानकारी दिएको हो ।

तोलामा २०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ हजार ८ हजार ७०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै, आज चाँदीको मूल्य १४ सय १५ रुपैयाँ कायम छ ।