काठमाडाै -राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्।
उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन्। उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो। राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते श्री एयरलाइन्सको जहाजमार्फत भारत लगिएको थियो। राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो। भारतमा १२ दिनको उपचारपछि उनी गएराती स्वदेश फर्किएका हुन्।