संचारकर्मीविरुद्ध सशस्त्र २–१ ले विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७६ दिन अगाडि
संचारकर्मीविरुद्ध सशस्त्र २–१ ले विजयी

 काठमाडाैं -मैत्रीपूर्ण फुटबलमा संचारकर्मीविरुद्ध सशस्त्र प्रहरी बल विजयी भएको छ।

सोमबार बिहान सशस्त्र प्रहरी प्रधान कार्यालय हालचोक मैदानमा भएको खेलमा सशस्त्रले २–१ को जित हात पारेको हो। सुरुवाती अग्रता लिएको सञ्चारकर्मीको टिमले त्यसलाई जोगाउन सकेन। पहिलो हाफमा उजिर कार्कीको गोलमा सञ्चारकर्मीको टिमले सुरुवाती अग्रता लिएको थियो।  तर, दोस्रो हाफमा सशस्त्रका लागि गणेश लावतीले गोल गर्दै खेल १–१ को बराबरी गरे। खेलको अन्तिम समयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोल गर्दै २–१ को जित दिलाएका हुन्।