करिब ४ महिनादेखि नास्ट नेतृत्वविहीन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७६ दिन अगाडि
करिब ४ महिनादेखि नास्ट नेतृत्वविहीन

काठमाडौं - करिब ४ महिनादेखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) नेतृत्वविहीन छ । प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको गत पुसमा कार्यकाल सकिएपछि नास्ट उपकुलपति विहीन बनेको हो ।

सहकुलपति (शिक्षामन्त्री) संयोजकत्वमा दुई जना प्राज्ञ सदस्यहरुको सिफारिस समितिले सिफारिस गरेको व्यक्तिहरुमध्येबाट कुलपति (प्रधानमन्त्री) ले नास्टको उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर अहिलेसम्म नियुक्तिको प्रकृया अगाडि नबढेको स्रोतले जनाएको छ ।