नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको लिए शपथ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७६ दिन अगाडि
नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको लिए शपथ

काठमाडौँ - नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । 

चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।