आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८१ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौँ - बुधवार सुनको भाउ पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १८ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो । 

यसअघि गत चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड राखेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ । 

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।