राष्ट्रपतिसमक्ष वैशाख २४ गते संसद अधिवेशन आह्वानका लागि सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०२ दिन अगाडि
राष्ट्रपतिसमक्ष वैशाख २४ गते संसद अधिवेशन आह्वानका लागि सिफारिस

काठमाडौँ - आगामी वैशाख २४ गते संसदको अधिवेशन आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते संसदको दुबै अधिवेशन (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि संसदको हिउँदे अधिवेशन वैशाख १५ देखि समाप्त भएको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेट प्रस्तुत र पारितसम्मका गतिविधिहरु हुनेछ ।