‘ज्याकीः आई एम ट्वान्टी वान’ आजबाट देशभरका हलमा रिलिज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०९३ दिन अगाडि
‘ज्याकीः आई एम ट्वान्टी वान’ आजबाट देशभरका हलमा रिलिज

काठमाडौं -यो बर्षको बहुप्रतिक्षित फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ आजबाट देशभरका हलमा रिलिज भएको छ ।

 रेनशा राई रानाको निर्देशनमा तयार भएको यो फिल्मले सपना र संघर्षको कथा भन्छ । प्रिमियरमा समेत फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । यो फिल्मले नेपाली फिल्मले भन्दै आएको कथावाचन र मेकिङको संरचनालाई भत्काएको छ । धरानमा रहेर डान्सर बन्ने  सपना बोकेको ज्याकी र उसको बााबुको सपनाको कथामा यो फिल्म बनेको छ ।  फिल्मले डान्सको साथमा पारिवारिक कथालाई समेत मन छुने तरिकाले प्रस्तुत गरेको छ । 

फिल्ममा धिरज मगरले शिर्ष भूमिका निर्वाहा गरेका छन् । उनले फिल्मका लागि गरेको मिहिनेत तारिफयोग्य छ । पाटनमा हुर्किएकी जसिता गुरुङ अर्थात रुबिले पनि दर्शकको मन जित्छिन् । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले देशभरका हलमा राम्रो शोज पाएको छ । फिल्मले तिन दिने विकेन्डमा गर्ने व्यापारले यसको लाइफटाइम कलेक्शनको आँकलन गर्न सकिनेछ । फिल्ममा प्रेम सुब्बा, अरुण क्षेत्री, लुनिभा तुलाधर लगायतका कलाकारको पनि अभिनय छ ।