संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०० दिन अगाडि
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ - सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । तर, सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकप्टर दुर्घटनामा परेको जानकारी प्राप्त भएको हवाई सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । दुर्घटनामा पाइलट सकुशल रहेको उनको भनाइ छ । घटनाको यथार्थ जानकारी प्राप्त नभइसकेको अवस्थामा सुरक्षाकर्मी उद्धारकर्मी घटनास्थलमा जाँदै गरेको जानकारी प्राप्त भएको छ ।