स्मार्टफोन ब्रान्ड पोकोले ल्यायाे एमफाइभ सिरिजको मोबाइलमा छुटको अफर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०० दिन अगाडि
स्मार्टफोन ब्रान्ड पोकोले ल्यायाे  एमफाइभ सिरिजको मोबाइलमा छुटको अफर

काठमाडौँ - स्मार्टफोन ब्रान्ड पोकोले एमफाइभ सिरिजको मोबाइलमा छुटको अफर ल्याएको छ । वैशाख २१  देखि जेठ १७ सम्मको सीमित अवधिका लागि यो छुट उपलब्ध हुनेछ । 

यसबारे जानकारी दिँदै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू पाउन् भनेर किफायती मूल्यमा यो मोडल उपलब्ध गराएको जानकारी दिए । पोको ए एमफाइभ कालो, हरियो र पहेँलो गरी तीन रङहरूमा आउनेछ भने यो ४ जीबी–६४ जीबी र ६ जीबी–१२८ जीबी गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः १९ हजार ९९९ रुपैयाँ र २२ हजार ९९९ रुपैयाँ रहेको छ ।