नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको स्वतन्त्र सांसद सिंहको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९८ दिन अगाडि
नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको स्वतन्त्र सांसद सिंहको भनाइ

काठमाडौं - नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण पछिल्लो उदाहरण भएको बताए ।

उनले थपे, ‘२०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गरौं ।’उक्त आयोगमार्फत पोखरा विमानस्थल, वाइडबडी, एनसेल काण्डहरुको छानबिन गरिनुपर्ने उनको माग रहेको छ ।