रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७० दिन अगाडि
रकम ठगी गरेको आरोपमा  एक जना पक्राउ

काठमाडौं - अमेरिका लगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान  तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्‍यक्ति ३० लाख रुपैयाका दरले ३ करोड ५६ लाख ८ हजार रकम ठगी गरेको प्रहरीको आरोप छ ।