काठमाडाैं -नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई पपुलिस्ट नभई यथार्थपरक बजेट आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभाको प्रिबजेट छलफलमा बोल्दै सांसद कार्कीले मुलुकका अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेकाले पपुलिस्ट भन्दा यथार्थपरक बजेट आवश्यक रहेको बताएकाहुन्। बढ्दो मुद्रास्फिती, कमजोर आर्थिक वृद्धिदर र उपभोग्य वस्तुको बढ्दो आयातका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्त बनेको र यसलाई समाधान गर्नेगरी बजेट ल्याउनुपर्ने उनले बताए। उनले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तय नहुने बताउँदै आगामी बजेटको मुख्य उद्धेश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताए। ‘यी सबै पृष्टभूमिमा अहिलेको अवस्थामा पपुलिस्ट होइन, यथार्थपरक बजेट मुलुकलाई चाहिएको छ,’ उनले भने।