साफ च्याम्पियनसिपमा लेबनानले सहभागिता जनाउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६९ दिन अगाडि
साफ च्याम्पियनसिपमा लेबनानले सहभागिता जनाउने

काठमाडौं - भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा लेबनानले सहभागिता जनाउने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ। साफ च्याम्पियनसिप आगामी असारमा आयोजना हुनेछ ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।