बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्छ - अध्यक्ष राउत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७१ दिन अगाडि
बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्छ - अध्यक्ष राउत

काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताए ।

मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताउनुभएको हो ।उहाँले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताउनुभयो । उहाँले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताउनुभयो । उहाँले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताउनुभयो ।

उनले प्रहरीका कर्मचारीहरु तलब नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताए । उनले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौ तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताए। उनले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लैहीलैहीमा लागेको आरोप लगाए।