पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार अभियोगमा गिरफ्तार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६८ दिन अगाडि
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार अभियोगमा गिरफ्तार

काठमाडाै‌ -पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार भएका छन् । 

उनलाई मंगलबार इस्लामावाद उच्च अदालत बाहिर हिरासतमा लिइएको बीबीसी हिन्दीले जनाएको छ । खानलाई कुन विषयमा गिरफ्तार गरिएको हो त्यो खुलाइएको छैन । तर, हालै उनी तोसाखान भ्रष्टाचारकाण्डमा मुछिएका थिए । सरकारमा हुँदा विदेशबाट प्राप्त सरकारी उपहार उनले बेचेर करोडौँ रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ ।