काठमाडाै -नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हानेको छ ।
मंगलबार दिउँसो काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले रायमाझीको घरमा छापा मारेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव रायमाझी फरार छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई टेलिफोन गरेर आफैँ प्रहरीसमक्ष उपस्थित हुने बताएका रायमाझी त्यसपछि फरार भएका हुन् ।