बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ- उपेन्द्र यादव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७५ दिन अगाडि
बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ- उपेन्द्र यादव

काठमाडाै‌ -जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै यादवले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए । उत्पादनमुलक उद्योगहरूलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने यादवको भनाइ छ । पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न उनले बताए ।

‘मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ । त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृृषि उत्पादनमा वृद्धि नै हो । कृषिमा आज लगानी गर्नुभयो भने तीन,चार महिनापछि नै नतिजा आउँछ । त्यसपछि उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, जुन उद्योगले उत्पादन गरिरहेको छ, त्यसको सबलीकरण गर्नुपर्छ,’ यादवले भने । हरित क्रान्ति कार्यक्रम लागू गर्न सके कृषि उत्पादनमा वृद्धि गर्न सकिने यादवको भनाइ छ ।