लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष डा. केसी नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११२ दिन अगाडि
लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष डा. केसी नियुक्त

काठमाडाै -लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्‌‌को बैठकले डा. केसीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए । योजना आयोगको उपाध्यक्षमा नियुक्त केसी स्थानीय विकास विज्ञ हुन् ।  लामो समयदेखि सामाजिक विकासको क्षेत्रमा क्रियाशील डा. केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् । गरिबी निवारण कोषको पूर्वकार्यकारी निर्देशकसमेत रहेका केसीले अफगानिस्तानमा विकाससँग जोडिएर एक दशकभन्दा बढी काम गरेका छन् ।