राप्रपाको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६९ दिन अगाडि
राप्रपाको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

 काठमाडाै‌ -प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ । 

बुधबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरू उठेर आकस्मिक समयको माग गरेका थिए ।  सभामुख घिमिरेले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेकको समय नराखिएको जानकारी गराएका थिए।

उनले आफ्नो कुरा शून्य समयमै राख्न अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।  तर, राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखे पनि सभामुख घिमिरेले राप्रपाको विरोधका बाबजुद शून्य समयमा बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराएका थिए । लगत्तै राप्रपा सांसदहरूले बेल घेराउ गरेपछि बैठक सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।