उपेन्द्र यादवले रोजे राज्य व्यवस्था तथा सुशासन समिति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९५ दिन अगाडि
उपेन्द्र यादवले रोजे राज्य व्यवस्था तथा सुशासन समिति

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

जसपाको सिफारिस अनुसार सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्य रहने प्रस्ताव राखे । जसलाई सभाले स्वीकृत गरेको छ । यादव गत १० वैशाखमा बारा निर्वाचन क्षेत्र नम्बर-२ मा भएको उपचुनावमा निर्वाचित भएका थिए ।