नक्कली शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सभामुखले गराए सरकारको ध्यानाकर्षण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९५ दिन अगाडि
नक्कली शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सभामुखले गराए सरकारको ध्यानाकर्षण

काठमाडाै‌ -सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसदलाई नक्कली शरणार्थी  प्रकरणबारे जानकारी गराउन सभामुखको रुलिङको माग गरेका थिए । संसद बैठकमा जानकारीका लागि माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘माननीय सदस्यहरू अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भने ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनै पनि हालतमा छुट दिनु नहुने बताए । उनले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्नु नहुने बताएका थिए ।