नागरिकता विधेयकबारे राष्ट्रपतिको छलफलप्रति रघुजी पन्तले जनाए असन्तुष्टि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९५ दिन अगाडि
नागरिकता विधेयकबारे राष्ट्रपतिको छलफलप्रति रघुजी पन्तले जनाए असन्तुष्टि

काठमाडाै‌ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि जनाएका छन् । 

बुधबार प्रतिचनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिट अनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।उनले संविधानको संरक्षकका रूपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्कसमेत गरे ।

सांसद पन्तले सो विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग पनि गरे । आफूहरू सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो । सांसद पन्तले संघीय संसदको अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने बताए ।