नागरिकता माग्दै युवाहरुको सडकमा प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९५ दिन अगाडि
नागरिकता माग्दै युवाहरुको सडकमा  प्रदर्शन

विराटनगर - नागरिकता सम्बन्धी ऐनको माग गर्दै युवाहरु विराटनगरको सडकमा सुतेका छन् ।

जन्मसिद्ध अधारमा नागरिकता लिएका नागरिकका सन्तान नागरिकता सम्बन्धी कानुनको माग गर्दै विराटनगरको कोशी राजमार्गमा सुतेका हुन् ।  उनीहरुले तत्काल नागरिकता सम्बन्धी विधेयक पास गरी नागरिकता पाउने वातावरण बनाउन माग गरे । कानुनको अभावमा आफूहरुले नागरिकता नपाएर अनागरिक बन्नु परेको भन्दै युवाहरु सडकमा सुतेका थिए ।

नागरिकता नभएका कारण बाच्नकै लागि समस्या भएपछि सडकमा सुतेर आन्दोलन गर्नु परेको विराटनगर महानगरपालिका – ८ का सागर विश्वासले बताए । नागरिकता नहुँदा रोजगारीबाट बन्देज भएपछि सडक संघर्षमा उत्रिनुपरेको उनले बताए ।