क्यान्टोनमेन्टकाे छानबिन गर्न अख्तियारले खुट्टा कमायो - ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६८ दिन अगाडि
क्यान्टोनमेन्टकाे छानबिन गर्न अख्तियारले खुट्टा कमायो - ओली

 काठमाडाै‌ -एमाले अध्यक्ष केपी ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताएका छन्।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेन्ट काण्डबारे अनुसन्धान गर्न खुट्टा नकमाउन अख्तियारलाई आग्रह गरे। बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको उनको आरोप छ।  ‘कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ। बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटि निर्णय गरेको छ।

माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरू बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि सुरु हुँदै छ, क्यान्टनमेन्टका सवालमा त्यस्ता कुराहरू पहिला पनि धेरै भएका छन्। क्यान्टनमेन्टमा नभएका मानिसहरूका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसबारे कोही पनि बोल्न तयार छैनन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसाबले चलखेल भइरहेको आरोप लगाए। एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै उनले आपत्ति जनाए।