२०४७ सालयताका सबै भ्रष्टाचारको छानबिन हुनुपर्छ-ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९४ दिन अगाडि
२०४७ सालयताका सबै भ्रष्टाचारको छानबिन हुनुपर्छ-ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेकाे बताए । ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो । अहिले आएर बल्ल अगाडि बढेको छ । त्यसमा म खुसी नै छु,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेको फिल्म देखाउन अझै बाँकी नै छ । अध्यक्ष ओलीले धरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले छताछुल्ल भएको टिप्पणी गर्दै भ्रष्टाचार हुनासाथ छानबिन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।