सरकार विरूद्ध बोल्यो कि कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास हुँदैछ- अध्यक्ष ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६८ दिन अगाडि
सरकार विरूद्ध बोल्यो कि कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास हुँदैछ- अध्यक्ष ओली

काठमाडाैं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध कोही बोले कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको आरोप लगाएका  छन् ।

बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कमिटीको बैठकको सुरुमा बोल्दै उनले यस्ताे बताएका हुन् । भ्रष्टाचारको विरुद्धमा कोही बोले उसलाई कारबाहीको धम्की दिएर आतंकित बनाउने काम पनि भइरहेको उनकाे  भनाइ थियाे ।सरकार विरूद्ध बोल्नु भएका सांसद अमरेश कुमार सिंहलाई सरकारले धम्की दिइएको उनकाे तर्क छ ।कसैले एउटा उजुरी हालिदियो भने यसले त भ्रष्टाचार गरेकै रहेछ भनेर कराउने र परपीडिक खालको मानसिकता समाजमा बनिराखेको अध्यक्ष ओलीकाे भनाइ थियाे ।