नागरिकलाई अनागरिक बनाएर मानवतस्करी गर्नु निकृष्टतम अपराध हो-बाबुराम भट्टराई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६९ दिन अगाडि
नागरिकलाई अनागरिक बनाएर मानवतस्करी गर्नु निकृष्टतम अपराध हो-बाबुराम भट्टराई

काठमाडाै‌ -नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन्।

यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र प्रहरी प्रशासनले देखाएको तदारूकतालाई पार्टीले स्वागत गरेको उनले आज विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्य शक्तिको चरम दुरूपयोग गर्नु निकृष्टतम अपराध हो,’ भट्टराईले भनेका छन्।

उनले निष्पक्ष ढंगले अनुसन्धानलाई अगाडि बढाएर छिटो तार्किक निष्कर्षमा पुर्‍याउन पनि माग गरेका छन्। ‘कुनै पनि बहानामा अपराधिलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन नेसपा खबरदारी गर्दछ,’ उनले भनेका छन्।