काठमाडाै -पेशागत सुरक्षा र वृत्ति विकासको माग राख्दै नेपाल शिक्षक महासंघले बृहत् विरोध सभा आयोजना गरेकाे छ।
पेशागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राख्दै महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाई गर्नुपर्ने, बालकक्षा शिक्षकलाई प्राथमिक तृतीयसरह तलबभत्ता दिनुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेका छन्।