साथीको निधन भएपछि विपश्यनालाई विचमै छाडेर फर्किए आमिर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८५ दिन अगाडि
साथीको निधन भएपछि विपश्यनालाई विचमै छाडेर फर्किए आमिर

काठमाडाै‌ -१० दिनका लागि ध्यान गर्न नेपाल आएका बलिउड नायक आमिर खान आज बिहान मुम्बई फर्किएका छन् ।

आफ्ना नजिकका एक जना साथीको निधन भएपछि उनी आज बिहान मुम्बई फर्किएका हुन् । आमिर आइतबार बुढानिलकण्ठस्थित ध्यान केन्द्रमा विपश्यनाका लागि आएका थिए । उनको अझै ५ दिन ध्यान गर्ने समय बाँकी थियो । तर, आमिरले फेरि आउने वाचा गर्दै ध्यान केन्द्र छाडेर मुम्बई फर्किएका छन् । 

आमिरले अब आफू परिवारसहित आउने वाचा समेत गरेका थिए । बलिउड नायक आमिर खान ध्यानका लागि नेपाल आउँदा यसले पर्यटन क्षेत्रमा समेत प्रभाव पार्ने टिप्पणी भएको थियो ।