अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिन भव्य रुपमा जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०९ दिन अगाडि
अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिन भव्य रुपमा जारी

लुम्बिन- दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिनमा भव्य रुपमा जारी छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जारी मार्ट दोस्रो दिनमा होटल पवन प्यालेसमा उत्साहित रुपमा भइरहेकाे छ । मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर उत्साहित रुपमा सहभागी छन् । कार्यक्रम नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको हो ।

यसअघि सन् २०१९ मा पहिलोपटक बीआईटीएम आयोजना गरिएको थियो । मार्ट ३० बैशाख सम्म चल्नेछ । मार्टबाट बिशेषगरी बुद्ध दर्शनसँग सम्बिन्धित मुलुकमा पर्यटन प्रवद्धन हुने विश्वास लिइएको छ ।