गण्डकीमा नवनियुक्त मन्त्रीले लिए सपथ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६७ दिन अगाडि
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए सपथ

पोखरा -गण्डकीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् ।

शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले सपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।